Poetry
खाडिको खबर
नसोध्नु आमा
म !
मजराको माझमा खजुरको
बोटमुनी सितलता खोज्दैछु ।
मनहरूले, त्यो कल कल खोलाको चिसो पानी,
अम्खराले घुड्की लगाएको यादमा डुब्दैछु ।
यो प्रचण्ड खाडीको तापमा
छाला त पोल्छ मात्र, तर मनहरू जल्छन्
यादको रापले मनहरूमा सोला हान्छन्
चैतको खङ्गरीदो सुख्खा दिनमा पनि
सल्लाको सुस्केराको सितलताका दिनहरू घोर्दै छु
बन उजाडिएनी, मन सिन्चित नै भएको बिम्बहरू कोर्दै छु ।
यहाँ बनपनि उजाड, मन पनि उजाड
खैरो बालुवामा बाफिलो बतास
यो हपक्क गर्मिमा, याद आउँछ
चिसो हावाको, सेतो हिमालको
अनि कल कल बग्ने खोलाको

औशीँको दोस !
तिमी औँशीमा जन्मेर के भो त?
म पुर्णिमामा जन्मिएको मान्छे
तिम्रा सबै काला दोषहरु म काटुँला
मेरा सबै सेता गुणहरू तिमीसँगै बाँडुला
औँशीमा जन्मेको गोरेलाई पनि काले संज्ञा दिइन्छ रे!
पुर्णिमामा जन्मेको अपुर्णलाई पनि पूर्ण ठानिन्छ रे!
औँशी अवगुणी रे, पुर्णीमा पूर्ण रे!
खै ! औँशीकै साँझ महालक्ष्मीले पूर्ण प्रण दिन्छिन् रे।
लक्ष्मीप्रसाद देबकोटा त्यही दोसले महाकाव्यका सर्जक बने
सायद कती अरु हजारौँ गुणी बने
खै ! किन तिमीलाई नै सबैले दोसी देखे
औँशीमा तिमी जन्मनु न त तिम्रो रहर ,न त तिम्रो माताकै कहर
नाइटो चुँडियो, एक ढिक्का शरीर भुइँमा खस्यो
म पनि त्यसरी नै झरेको हुँ यो धर्तीमा, अपुरै, अपूर्ण नै।